Home: traveldoozie.com
English Version:http://www.w3.org/Style/CSS/Test/Overview.html
यो डब्लू.३.सी सक्कल दस्तावेजको अनुवाद हो र डब्लू.३.सी को सम्पत्ति हो| यस दस्तावेजलाई अनुवाद गर्दा गल्ती भएको हुन पनि सक्छ|
अन्तरकार्यक्षमता भनेको दुई वा बढी प्रणालीहरु वा भागहरुको सुचना आदान-प्रदान गर्ने तथा आदान-प्रदान गरिएको सुचनाहरु प्रयोग गर्ने क्षमता हो |
आई.इ.इ.इ.
अन्तरकार्यक्षमता वेब डिजाइनरहरुको लागि महत्त्वपूर्ण छ | सी.एस.एस. कार्यान्वयनहरुको बिचमा राम्रो अन्तरकार्यक्षमता भएमा डिजाइनरहरुले एउटा ब्राउजरको लागि सी.एस.एस. लेख्न सक्छन् र त्यसले अरु ब्राउजरहरुमा राम्रोसँग काम गर्छ कि गर्दैन भनेर हेर्न सक्छन् | यसको मतलब सी.एस.एस. कार्यान्वयनहरुले सी.एस.एस. लाई व्याख्या गर्ने तरिकाको असंगतताहरुलाई कम गर्नु हो |
राम्रा जाँच सुइटहरुले अन्तरकार्यक्षमता ल्याउँछन् | तिनीहरु वेब मापदण्डहरु सहि र सुसँगत रुपमा कार्यन्वयन भएका छन् भनेर सुनिश्चित गर्ने प्रमुख अङ्ग हुन् | धेरै जाँचहरुले अन्तरकार्यक्षमता अरु बढाउँछन् | गलत जाँचहरुले गलत रुपमा अन्तरकार्यक्षमता ल्याउँछन् |
सी.एस.एस.लाई राम्रा जाँच सुइटहरु चाहिन्छ ! डब्लु.३.सी. ले सी.एस.एस. विशेष विबरणहरुहरुको लागि आधिकारिक जाँच सुइटहरु होस्ट गर्दछ | ति मध्येका धेरैजसो जाँच सुइटहरुको काम अझै पनि हुदै छ: तिनीहरु अधुरा छन् र त्रुटीहरु हुन सक्छन् | तपाईंले त्रुटीहरुलाई रिपोर्ट गरेर तथा जाँच केसहरुमा योगदान गरेर हामीलाई वेबमा सी.एस.एस.को अन्तरकार्यक्षमता बढाउन मद्दत गर्न सक्नुहुन्छ | प्रश्नहरु, टीप्पणीहरु, त्रुटी रिपोर्टहरु, तथा जाँच सबमिसनहरु पब्लिक-सीएसएस-टेस्टसुइट डाँक-सुची मा पठाउनुहोस् |
| विशेष-विवरण | पछिल्लो टेस्ट सुइट | अघिल्ला सँस्करणहरु |
|---|---|---|
| खण्डहरु | ||
| सेलेक्टर्स | जारी पात्र | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. २.१ | अल्फा | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. आधारभूत यु.आई. ३ | केहि पनि होइन | केहि पनि होइन |
| सी.एस.एस. रंग स्तर ३ | बिटा | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. रंग स्तर ३ | जारी पात्र | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. पृष्ठित माध्यम स्तर ३ | प्री-अल्फा | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. मार्कि स्तर ३ | केहि पनि होइन | केहि पनि होइन |
| प्रोफाइलहरु | ||
| सी.एस.एस. मोबाइल प्रोफाइल १.० | अल्फा | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. छपाई प्रोफाइल १.० | प्री-अल्फा | मितिसहितका तस्विरहरु |
| सी.एस.एस. टि.भी. प्रोफाइल १.० | केहि पनि होइन | केहि पनि होइन |
| अन्य | ||
| सी.एस.एस. स्तर १ | अप्रचलित | मितिसहितका तस्विरहरु |
अन्यथा उल्लेख नहुँदासम्म, सबै टेस्ट सुइटहरुलाई डब्लु.३.सी. टेस्ट सुइट लाइसेन्स तथा उपधारा-३ बि.एस.डी. लाइसेन्स दुवै अन्तर्गत लाइसेन्स दिइन्छ | डब्लु३.सी.को कानुनि लाइसेन्सको व्याख्या हेर्नुहोस्
यी टेस्ट सुइटकालागि योगदानहरु डब्लु.३.सी. को टेस्टकेसहरुको डब्लु.३.सी.को लागि योगदान नीतिहरू द्वारा निर्देशित छन् | सी.एस.एस. कार्य समुहका सदस्य नभएका योगदानकर्ताहरु ग्रान्ट-२ का सर्तहरुसँग सहमत हुनैपर्दछ |
सी.एस.एस. कार्य समुहले २००१/२००२ मा टेस्ट सुइटहरुकोलागि एउटा साझा प्रारूप विकास गरेको छ | यो आधिकारिक सी.एस.एस. टेस्ट सुइट दस्तावेज मा वर्णन गरिएको छ | यदि तपाईं जाँचको लागि योगदान गर्न चाहनुहुन्छ भने हामि तपाईंलाई लेखन मार्गनिर्देशनहरु पढ्न सल्लाह दिन्छौं | टेस्ट सुइटको लागि योगदान गर्ने बारेमा अधिक जानकारी विकी मा उपलब्ध छ |
टेस्ट सुइटहरु बेलाबेलामा अद्यावधिक गरिन्छ, तर पुराना सँस्करणहरु अन-लाइनमा रहन्छन् | यदि तपाईंले टेस्ट सुइटसँग लिन्क गर्नु भयो भने, कुनै विशेष मिति उल्लेखित सँस्करण वा गतिशील "वर्तमान" सँस्करण मध्ये कुन संग लिन्क गर्ने भनेर तपाईंले छनोट गर्न सक्नुहुन्छ |
सी.एस.एस. ३ खण्डहरुका जाँचहरुका यु.आर.एल.हरु यी रुपमा छन्:
.../CSS3/MODULE/current .../CSS3/MODULE/YYYYMMDD
जहाँ MODULE (ठुलो अक्षरमा लेखिएको) खण्डको नाम हो, जस्तै., "सेलेक्टर्स", र YYYYMMDD मिति हो, जस्तै., "२००१११०५". "वर्तमान" लिन्कले जहिले पनि सबैभन्दा पछिल्लो मितिको टेस्ट सुइटतर्फ लान्छ |
प्रोफाइलहरूका लागि जाँचहरुका यु.आर.एल.हरु यी रुपमा छन्:
.../PROFILE/VERSION/current .../PROFILE/VERSION/YYYYMMDD
जहाँ PROFILE सी.एस.एस. प्रोफाइलको नाम हो, जस्तै., "मोबाइल" र VERSION संस्करणको संख्या हो, जस्तै., "१.०".